FAQs.

Frequently Asked Questions (बारम्बार सोधिने प्रश्नहरू)

It is a condition of the reproductive system in which the couples are unable to conceive even after trying for more than a year without the use of any type of contraceptives.

Generally, it is recommended to seek medical help if the couple cannot conceive for a time longer than one year. But it is not always the case. If a woman has irregular periods, endometriosis, or PCOS, or if either partner has a history of sexually transmitted diseases, seeking help right away makes sense. Also, a woman over the age of 35 is advised to consult after trying for six months.
If you have a family history of early menopause or primary ovarian insufficiency (also known as premature ovarian failure), talking to your doctor soon is recommended.
If you're 39 or 40 years old and just starting to try to conceive, it's worth seeing your doctor now.

It is a common assumption that infertility is primarily related to the woman. In reality, only one-third of infertility cases are related to the woman alone. Statistically, one-third of infertility problems are related to men and the remaining one-third is a combination of fertility factors involving both partners or due to unknown causes. Unknown causes account for approximately twenty percent of infertility cases.

Age affects the ability to conceive and have a healthy baby. Age is the single biggest factor affecting a woman’s fertility. For men, age-related fertility decline is more subtle but does happen. A woman’s fertility starts to decline in her early 30s, with the decline speeding up after 35.

IUI stands for intrauterine insemination. It is one of the common techniques of ART (Assisted Reproductive Technology). In this process, the processed (washed) sperm is used and put directly to the female’s uterus. This process is matched with natural ovulating cycle.

कुनै पनि गर्भरोधक साधनको प्रयोगबिना १ वर्षभन्दा बढी समय सम्म गर्भधारण गर्न नसकिएको अवस्था बाँझोपन हो ।

सामान्यतय: बिना गर्भरोधक साधनको १ वर्ष सम्मको प्रयासमा पनि गर्भधारण गर्न नसकेको अवस्थामा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ भने कुनै-कुनै अवस्था जस्तै अनियमित महिनावारी, इण्डोमेट्रियोसिस, पी.सी.ओ.एस्.  यौन रोगको संक्रमण जस्ता लक्षण भएमा तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाह लिनु जरुरी हुन्छ।

३५ वर्षभन्दा बढी उमेरका महिलाहरुको हकमा भने ६ महिना सम्मको असफल प्रयास पछि नै सल्लाह लिनु उचित हुन्छ ।

यदि तपाईंको परिवारमा शिघ्र रजनोवृत्ति हुने देखिएमा, Premature Ovarian Failure भएमा वा महिलाको उमेर ४० वर्षको हाराहारीमा भएमा शिघ्र आफ्नो डाक्टरको सल्लाह लिनु उत्तम हुन्छ ।

बाँझोपनका धेरै कारणहरु महिला सँग सम्बन्धित भएपनि, वास्तविकतामा एक तिहाइ बाँझोपनका अवस्थाहरुमात्र महिलाका कारण भएको देखिएको छ । यस्तै बाँकी एक तिहाइ अवस्थाहरु पुरुषका कारण हुन्छ भने दुवैका कारण अथवा अज्ञात कारणहरुले गर्दा अर्को एक तिहाइ बाँझोपनका अवस्था देखिएको हो ।

बाँझोपनका कुल अवस्था मध्ये २० प्रतिशत अवस्था अज्ञात कारणहरुले हुने गर्दछ ।

बढ्दो उमेरसंगै महिलाको प्रजनन शक्तिमा ह्राश आउन थाल्छ । ३५ वर्ष पश्चात महिलाको डिम्ब उत्पादन क्षमता छिटो पतन हुन थाल्छ साथै प्रजनन सम्बन्धि अन्य समस्याहरु पनि देखिन थाल्छ । त्यसैले ३५ वर्ष भन्दा पहिले नै गर्भधारण गर्नु उचित देखिछ।

३५ वर्ष पश्चात पनि अलि कम सफलताको दरमा IVF गर्न भने सकिन्छ।

यो एक Assisted Reproductive Technology (ART) हो जस अन्तर्गत पुरुषको शुक्रकिटले  महिलाको डिम्बवाहक नलीमा प्राकृतिक रूपमा प्रवेश गर्न नसकेमा, IUI प्रक्रिया गर्न सकिन्छ । यस प्रक्रियामा पुरुषबाट प्राप्त शुक्रकिटलाई राम्ररी वाश गरी विशेष साधन (क्याथेडर) को मद्दत बाट माहिलाको महिनावारीलाई ध्यानमा राख्दै उचित समयमा डिम्बवाहक नलीमा हालिन्छ ।

यो विधि, ग्रीवा (cervix) सम्बन्धि समस्या देखिएमा, केहि अज्ञात कारणले बाँझोपनका समस्या उत्पन्न भएमा वा एकल महिलाले सन्तान प्राप्ति गर्नु परेमा अपनाउन सकिन्छ ।

Need Help?