logo

३५ वर्ष पछि सन्तान प्राप्ति

15 May 2025

4 min read to read

IVF Success

hero blog detail

नेपाली समाजमा विवाह पछि सन्तान प्राप्ति सबैको चाहना हुन्छ। पढाइ र करियर लाई ध्यान दिँदा मेरो विवाह ३५ वर्षको उमेरमा भएको थियो भने मेरा श्रीमान् ४० वर्ष पुग्नु भएको थियो। विवाह पछि हामीलाई सहजै सन्तान हुन्छ भन्ने आशा थियो तर कुनै परिवार नियोजनको साधन प्रयोग नगर्दा पनि तुरुन्तै गर्भ रहेको थिएन। यसले गर्दा मलाई कता कता उमेर ढल्केको कारणले सन्तान प्राप्तिमा समस्या होला कि भने डर भइरहेको थियो। हामीलाई विवाह ढिला भए पनि सन्तानको चाहना भने छिट्टै होस् भन्ने थियो। अझ उमेर बढेपछि सन्तान जन्माउन पनि गाह्रो हुन्छ भन्ने कुरा मैले कता कता सुनेकी थिएँ। मलाई उमेरको कारणले बच्चा जन्माउन जोखिम बढ्दै छ भन्ने लागिरहेको थियो। विवाह भएपछि २ वर्ष सम्म हामी सँगै बस्दा पनि गर्भ नरहे पछि हामी उपचारको खोजीमा लाग्यौँ। डाक्टरलाई भेट्दा उहाँले विभिन्न किसिमका समस्या हुने र सो पत्ता लगाउन जाँचहरू गर्न पर्ने भन्नु भयो। जाँच त गर्नै पर्‍यो तर के पो समस्या देखिने हो भनेर मलाई मनमा डर लागिरहेको थियो। 


यही सिलसिलामा हर्मन जाँच, ट्युबको जाँच, श्रीमानको शुक्रकीटको अवस्थाको जाँच, सँगै कुनै रोग छ कि भनेर रगतको, पिसाबको, पाठेघरको टिबी लगायत धेरै जाँच गर्नको लागि भनियो। सल्लाह बमोजिम सबै जाँचहरू गरियो। जाँच बाट थाहा भयो कि, मेरो प्रजनन प्रणालीमा हर्मोनल गडबडी देखियो भने मेरो श्रीमानको पनि शुक्रकीट सङ्ख्यामा केही कमी रहेको थाहा भयो। चिकित्सकले मेरो हर्मोनल गडबडी निको पार्न Ovarian Stimulation गर्नुपर्ने बताउनुभयो भने श्रीमानलाई पनि औषधि सिफारिस गर्नु भयो। यो प्रक्रिया लामो हुन्छ तर धैर्यता र लगनका साथ अगाडि बढ्यौँ भने, पक्कै पनि सन्तान प्राप्तिको सपना पूरा गर्न सकिन्छ भनी डाक्टरले ढाडस दिनुभयो।

तर यहाँ औषधिको सेवनले मात्रै समस्याको समाधान नहुने रहेछ। ३५ वर्षको उमेर पश्चात् दम्पतीले सन्तान प्राप्ति गर्न कैयौँ चुनौतीहरू झेल्नुपर्ने हुन्छ र ती चुनौतीहरूबाट बच्न आफ्नो जीवनशैलीलाई सक्दो स्वस्थ र सन्तुलित बनाउने कोसिस गर्नुपर्छ। 




३५ वर्ष पछि सन्तान प्राप्तिका चुनौतीहरू:


महिलाको हकमा प्रजननको लागि उमेर बढ्दै जाँदा Ovulation मा कमी हुनु हो। महिलाहरूको उमेर बढ्दै जाँदा कैयौँ महिनावारी चक्रमा अण्डा निस्कने क्रम घट्दै जान्छ। महिलाको उमेर ३० वर्ष कटेपछि अण्डाको गुणस्तर र मात्रा पनि घट्छ। 

अण्डाको कुल सङ्ख्या बढाउन नसके पनि, अण्डाको गुणस्तर सुधार गर्न सकिने कुरा अनुसन्धानले देखाएको छ। मायो-इनोसिटोल, फोलिक एसिड र मेलाटोनिन युक्त पूरक ट्याब्लेटहरूले अण्डाको गुणस्तर र डिम्बग्रंथिको कार्य सुधार गर्न मद्दत गर्ने कुरा अनुसन्धानले खुलाएको छ।

 ३५ पछि गर्भधारण गर्न अन्य कारणहरूले थप गाह्रो पर्न सक्छ: सङ्क्रमण वा शल्यक्रिया जसले फलोपियन ट्युब वा ग्रीवा वरिपरि दागको तन्तु सिर्जना गर्छ।

Endometriosis



  • फाइब्रोइड वा गर्भाशयका विकारहरू
  • ग्रीवामा तरल पदार्थको कमी
  • दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै उच्च रक्तचाप, मधुमेह वा थाइराइड।
  •  गर्भपात: गर्भपात ३५ वर्षभन्दा माथिका महिलाहरूमा पनि धेरै सामान्य हुन्छ। यो प्रायः क्रोमोसोमल असामान्यताहरूको बढ्दो घटनाहरूको कारणले हुन्छ। ३५-४५ वर्षका महिलाहरूमा गर्भपात हुने सम्भावना २०-३५% हुन्छ।

उपचार:

गर्भवती हुन समस्या भएका मानिसहरूका लागि धेरै विकल्पहरू उपलब्ध छन्। उपचार प्रजनन समस्याको कारणमा निर्भर गर्दछ।

नि:सन्तान सम्बन्धी समस्या देखिँदा तपाईँको स्वास्थ्य सेवा प्रदायकले यी परीक्षणहरूको सिफारिस गर्न सक्छ:



  • रगत परीक्षण
  • शुक्राणु परीक्षण
  • यौन सङ्क्रमणको जाँच
  • पाठेघरको अल्ट्रासाउन्ड


नतिजाहरूमा निर्भर गर्दै, चिकित्सकले निम्न उपचारहरूको सुझाव दिन सक्छन् जस्तै:

  • हर्मोन थेरापी: यो उपचार पद्धतिअन्तर्गत प्रजनन प्रणालीमा देखिएको हर्मोनल गडबडीलाई सन्तुलनमा ल्याइन्छ। नियमित इन्जेक्सन वा सामान्य औषधिबाट हर्मोन थेरापी गरिन्छ। 
  • कृत्रिम गर्भाधान (IVF/ IUI/ ICSI): कृत्रिम गर्भाधानअन्तर्गत विभिन्न तरिकाहरू अपनाउन सकिन्छ। तर तपाईँको शारीरिक अवस्था हेरी चिकित्सकले एउटा पद्धतिको सिफारिस गर्दछन्। कृत्रिम गर्भाधान मध्ये सबैभन्दा प्रभावकारी मानिने IVF प्रक्रिया हो। उक्त प्रक्रियामा महिलाको शरीर बाहिर नै नियन्त्रित वातावरणमा भ्रूणको निषेचन गरिन्छ र महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ।

कसरी गर्भधारणको सम्भावना बढाउन सकिन्छ?

३५ वर्षपछि गर्भधारण गर्ने प्रयास गर्नु असहज लाग्न सक्छ, तर तपाईँले आफ्नो स्वास्थ्यलाई सुदृढ गर्न केही कदमहरू चाल्न सक्नुहुन्छ। यहाँ गर्भधारणको तयारी गर्दा ख्याल राख्नुपर्ने केही कुराहरू छन्:



  • गर्भाधान अगाडी डक्टरसँग भेटघाटको समय तालिका बनाउनुहोस् – तपाईँको स्वास्थ्य सेवा प्रदायकले तपाईँको चिकित्सा इतिहास, हालको औषधिहरू र समग्र जीवनशैलीको समीक्षा गर्ने छन्। यसले तपाईँलाई ३५ वर्ष पछि गर्भधारण गर्ने प्रयास गर्ने बारे कुनै पनि स्वास्थ्य सम्बन्धी चिन्ता र त्यसको कारण तथा समाधानलाई सम्बोधन गर्ने अवसर दिन्छ।
  • मुख्यतः उचित खानेकुराको सेवन र सन्तुलित निद्राले तपाईँको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ जसले अन्ततः तपाईँको गर्भधारणको सम्भावनालाई बढाउँछ। 
  • ३५ वर्षभन्दा माथिका महिलाहरूलाई गर्भधारण गर्न केही समय लाग्छ – ३५ वर्षभन्दा माथिका जोडीलाई गर्भधारण गर्न औसत समय १-२ वर्ष लाग्छ, त्यसैले यदि तपाईँ तुरुन्तै गर्भवती हुनुहुन्न भने सकारात्मक रहने प्रयास गर्नुहोस्।
  • शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ महिला गर्भवती हुने सम्भावना बढी हुन्छ –रक्सी,धूम्रपान, र क्याफिन जस्ता चिजले प्रजनन क्षमतालाई नकारात्मक असर पारेको हुन्छ।
  • अधिक तौल वा कम तौलले पनि हर्मोनको कार्यमा हस्तक्षेप गरेर प्रजनन क्षमतालाई असर गर्छ। त्यसैले तौललाई सन्तुलित राख्न प्रयास गर्नुहोस्।
  • आफ्नो शरीरको अवस्था हेरी प्रजनन क्षमताका सङ्केतहरू पत्ता लगाउनुहोस् – जस्तै: तपाईँले आफ्नो शरीरको तापक्रम र पाठेघरको तरल पदार्थको (cervical fluid) अवस्था थाहा पाउँदा तपाईँलाई गर्भधारण गर्ने प्रयास गर्दा सम्भोगको लागि उत्तम समय निर्धारण गर्न मद्दत गर्न सक्छ।
  • यदि तपाईँले गर्भधारणको उद्देश्य सहित श्रीमान् श्रीमती सँगै रहेर यौन सम्पर्कको १ – २ वर्षसम्म पनि गर्भधारण गर्न सक्नु भएन भने आफ्नो स्वास्थ्य जाँच गराउनको लागि स्वास्थ्य सेवा प्रदायकलाई भेट्नुहोस्। 

यो सबै कुराको पालना गर्दा याद राख्नुहोस् कि ३५ वर्ष सन्तान प्राप्तिको लागि पूर्णविराम होइन। यो मात्र एक अवस्था हो जसमा तपाईँको प्रजनन क्षमतामा केही गिरावट आउन सक्छ। तर तपाई एक स्वस्थ सन्तानलाई जन्माउन उत्तिकै सबल हुनुहुन्छ। आफ्नो मनोवृत्तिलाई उच्च राख्दै सन्तान प्राप्तिको प्रयासमा अडिग रहनुहोस्। तपाईँको सपना अवश्य पूरा हुनेछ। 

Leave a Comment

Important Links

Clinics

Fertility


logo

Natural IVF: Embracing Your Body’s Natural Rhythm for Parenthood.

info@vatsalya.com.np

+977-1-5970611
facebookinstagramlinkedintwitterwhatsappyoutubetiktok

Subscribe to Newsletter


© 2025 Vatsalya. All Rights Reserved

phone